दफा ६७६
पशुले गरेको हानि, नोक्सानी वापत पशु धनीले दायित्व व्यहोर्नु पर्नेः

आफूले पालेको वा आफ्नो नियन्त्रणमा रहेको पशुले कसैलाई पु¥याएको हानि, नोक्सानी बापतको दायित्व त्यस्तो पशु धनीले ब्यहोर्नु पर्नेछ ।

तर त्यस्तो पशुको स्वभावअनुसार पशु धनीले पर्याप्त सुरक्षात्मक उपाय अपनाई उपयुक्त तरिकाले नियन्त्रण राखेको अवस्थामाहानि, नोक्सानी गरेकोमा वा हानि, नोक्सानी पुगेको व्यक्तिकै काम, त्रुटि वा हेलचेक्र्याइँबाट हानि, नोक्सानी भएकोमापशु धनीले दायित्व व्यहोर्नु पर्ने छैन ।

स्पष्टीकरणःयस दफाको प्रयोजनको लागि “पशु” भन्नाले घर पालुवा वा आफ्नो नियन्त्रणमा रहेको जुनसुकै किसिमको जंगली पशुवा पंक्षी सम्झनु पर्छ र सो शब्दले घरपालुवा, घस्रने जनावर वा जंगली पंक्षी समेतलाई जनाउँछ ।